Okhaldhunga Campus

Okhaldhunga Campus

Okhaldhunga Campus

Event Detail

  • Start Date 03/19/2026
  • Start Time 07:00 AM
  • End Date 03/19/2026
  • End Time 09:00 AM
  • Location Siddhicharan Park, Okhaldhunga

ओखलढुङ्गा, चैत्र ५, २०८२

ओखलढुङ्गा क्याम्पस, ओखलढुङ्गाको आयोजनामा क्याम्पस परिसरदेखि सिद्धिचरण पार्क हुँदै ओखलढुङ्गा बजारको गणेशटोलसम्म सरसफाई अभियान सफलतापूर्वक सम्पन्न भएको छ।

क्याम्पसले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनहितमुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि “आउटरिच कार्यक्रम” अन्तर्गत ओखलढुङ्गा बजार सरसफाई अभियान आयोजना गरिएको हो।

कार्यक्रमको मुख्य उद्देश्य समुदायसँग क्याम्पसको सम्बन्ध सुदृढ गर्नुका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु रहेको थियो।

उक्त अभियानमार्फत आफ्नो घर, टोल, शहर तथा सार्वजनिक स्थानहरू सफा, स्वच्छ र हरियाली राख्नुपर्छ भन्ने सन्देश प्रवाह गरिएको छ।