Menu
Event Detail
- Start Date 05/06/2025
- Start Time 10:00 AM
- End Date 05/06/2025
- End Time 04:00 PM
- Location New Margania
मिति २०८२।०१।२२ गते ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाको आयोजनामा सिद्धिचरण नगरपालिका वडा १२ स्थित सगरमाथा जनता माध्यमिक विद्यालयको सभाहलमा Community Outreach Program अन्तर्गत यौनशोषण दुरुपयोग र उत्पीडन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। क्याम्पस प्रमुख इन्द्रप्रसाद तिमल्सिनाको अध्यक्षता तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोहन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको प्रस्तोता कान्तिराज भण्डारी रहनुभएको थियो। कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो।





