बि.एड. तथा वी.ए. चौथो वर्ष २०८२ नतिजा : शत प्रतिशत विद्यार्थी उतिर्ण
October 8, 2026
admin
0
बि.एड. तथा वी.ए. चौथो वर्ष २०८२ नतिजा : शत प्रतिशत विद्यार्थी उतिर्ण
ओखलढुंगा, २०८३ असोज १४
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८३ साल असार महिनामा सञ्चालित शिक्षाशास्त्र संकायतर्फ स्नातक तह (4-Year B.Ed. 4th year) चौथो वर्ष २०८२ सालको नियमित तथा आंशिक परीक्षाको परीक्षाफल २०८३।०६।१४ गते प्रकाशित भएको छ।
सो परीक्षामा यस क्याम्पसबाट सहभागी २५ जना नियमित विद्यार्थीमध्ये शत प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका छन्। जसमा २१ जना (८४%) विद्यार्थीहरु प्रथम श्रेणी (First Division) र बाँकी ४ जना (१६%) विद्यार्थीहरु द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन्। त्यसै गरी मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातक तह (4-Year B.A. 4th year) चौथो वर्षको नतिजामा पनि यस क्याम्पसबाट सहभागि शतप्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।
यस नतिजाले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको मार्गदर्शन तथा क्याम्पसको शैक्षिक वातावरणलाई थप उत्साह प्रदान गरेको छ। ओखलढुंगा क्याम्पस परिवार सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक एवं व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गर्दछ।
स्रोत: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (TU Result) तथा EMIS, Okhaldhunga Campus।