बीबीएस चौथो वर्ष २०८२: ओखलढुंगा क्याम्पसका १७ विद्यार्थी विशिष्ट श्रेणीमा
- September 24, 2026
- admin
- 0
बीबीएस चौथो वर्ष २०८२: ओखलढुंगा क्याम्पसका १७ विद्यार्थी विशिष्ट श्रेणीमा
ओखलढुंगा, २०८३ असोज ८
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८३ साल असार, श्रावण महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह (4-Year BBS 4th year) चौथो वर्ष २०८२ सालको नियमित तथा आंशिक परीक्षाको परीक्षाफल २०८३।०६।०८ गते प्रकाशित भएको छ।
सो परीक्षामा यस क्याम्पसबाट परीक्षामा सहभागी ३७ जना नियमित विद्यार्थीमध्ये १७ जना (४६%) ले ७५ प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गरी विशिष्ट श्रेणी (Distinction) हासिल गरेका छन्। जसमध्ये ४ जना (१०%) ले ८० प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गर्न सफल भएका छन्। जसमा अल्बिना श्रेष्ठ (८०.८%), बालकृष्ण खड्का(८०.४%), सुलव बन(८०.२%) र रोजिना शाक्य(८०%) रहेका छन् । त्यसैगरी, १३ जना (३५%) विद्यार्थीले ६० प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गरी प्रथम श्रेणी (First Division) हासिल गरेका छन्। परीक्षामा सहभागी ७ जना विद्यार्थी अनुत्तीर्ण भएका छन्।
यस नतिजाले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको मार्गदर्शन तथा क्याम्पसको शैक्षिक वातावरणलाई थप उत्साह प्रदान गरेको छ। ओखलढुंगा क्याम्पस परिवार सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक एवं व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गर्दछ।
स्रोत: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (TU Result) तथा EMIS, Okhaldhunga Campus।