बि.बि.एस. प्रथम वर्ष २०८३ को नतिजा
ओखलढुंगा, २०८३ मङ्सिर ३
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८३ साल श्रावण महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फ स्नातक तह (4-Year B.B.S. 1st year) प्रथम वर्ष २०८३ सालको नियमित परीक्षाको परीक्षाफल २०८३।०७।३० गते प्रकाशित भएको छ।
सो परीक्षामा यस क्याम्पसबाट सहभागी ३८ जना नियमित विद्यार्थीमध्ये ३० जना (७९%) विद्यार्थीहरु उतीर्ण भएका छन्। जसमा १६ जना (४२%) विद्यार्थीहरु प्रथम श्रेणी (First Division) र १४ जना (३७%) विद्यार्थीहरु द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन्। ८ जना विद्यार्थीहरु अनुत्तीर्ण भएका छन् ।
गत साल भन्दा यो सालको सुधारिएको नतिजाले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको मार्गदर्शन तथा क्याम्पसको शैक्षिक वातावरणलाई थप उत्साह प्रदान गरेको छ। ओखलढुंगा क्याम्पस परिवार सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक एवं व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गर्दछ।
स्रोत: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (TU Result) तथा EMIS, Okhaldhunga Campus।